केहि मानिसहरुको सामाजिक सन्जालका भित्ताहरुमा केहि दिन यता एउटा शब्द खुब देखिएको छ "....... ठाँउमा बस्ने मानिस होइन्न भेडा हुन।" कारण हो उक्त ठाँउमा भएको चुनावको मत परिणाम । एउटा पार्टिको समर्थकले विपक्षि पार्टिले चुनाव जित्यो भने खुब रटन लगाइन्छ र भेडा करण गरिन्छ तर के लोकतन्त्रमा जनमतको कदर हुन्छ र जनताको निर्णय नै सर्वमान्य हुन्छ भने कुनै विशेष ठाँउका जनता लाइ भेडा भन्नु कतिको उचित हुन्छ?
वास्तवमा भेडा शब्दले एकोहोरो पन र विवेक हिनता लाइ जनाउछ त्यसैले मानिसहरूले यदि मतदाताहरूले विकास, नीति वा क्षमता भन्दा पनि जात, पार्टी निष्ठा, प्रचार, वा भावनात्मक कुराहरूको आधारमा मतदान गरे भन्ने आरोप लगाउन चाहन्छन् भने “भेडा” भन्ने शब्द प्रयोग गर्छ र प्राय; यसको निशानामा ग्रामिण र भौगोलिक विकटताका मानिस पर्दछन, हरेक मानिस छुट्टा छुट्टै बिचार, सिदान्त र दृष्टिकोण बाट सजित हुन्छ साथै जुनसुकै प्रतिशपर्धामा हार जित त हुन्छ नै तर त्यस्को नतिजाको आधारमा कुनै एक भुगोल लाइ अंकित गर्दै त्यहा बस्ने सबै मानिस लाइ भेडाको उपमा दिनु भनेको त्यस ठाँउका जनताको आत्मसम्मान मा चोट पुर्याउनु पनि हो त्यसैले अभिव्याक्ति स्वतन्तत्रता लाई उपयोग गर्ने सन्दर्भमा अरुको आत्म सम्मान माथि चोट पुर्याउने काम नगरौ।
को हो भेडाकरण गर्ने ?
समाजमा त्यस्ता मानिसले भेडाको उपमा बाड्दै हिड्छन जो आफू समाजमा जान्ने बुझ्ने हुँ, शिक्षित हुँ, सबै जानेको छु बुझेको छु भन्ने एक हुल जो प्राय सहर, बजारमा बस्छ या विदेशमा बस्छ, सामाजिक सन्जालमा झुन्डिनु, भाइरल हुनु र भड्काउ अभिब्याक्ति दिनु उस्को दिनचार्या हुन्छ , उ आफुलाइ मात्र सहि अरु सबै गलत ठान्छ र त्यहि अनुशारको धारणा बनाउछ आर्को थरि छन विपक्षी दलका ठुटे नेता र कार्यकर्ता जस्ले आफ्नो पार्टिको नेता जति सर्वश्रेठ अरु कोहि सम्झदैन। अरुदल र पार्टिका सबै भेडा, विवेकहिन, मुर्ख सम्झन्छ र आफ्नो पार्टिको नेताले नजितेको खण्डमा अरुलाई भेडा करण गर्दछ।
किन गाँउका या पहाडी इलाकाका मानिस "भेडाकरणको" निसानामा पर्छन त?
सहर बजार र गाँउको भौगोलिक स्थिति मात्र होइन जिवन शैलि, सोचाइ र आत्मियतामा समेत धेरै फरक छ। अझै पनि धेरै गाँउहरुमा विदुत,इन्टरनेट र स्मार्ट फोनको उपल्ब्धता प्रयाप्त छैन जस्ले गर्दा बजारमा जस्तो सुचनाहरु छोटो समयमा चौतर्फि पुग्दैन त्यसमा पनि गाँउमा प्राय स्मार्टफोन चलाउने उमेर समुहका मानिस कम छन जस्ले सामाजिक सन्जालमा भाइरल भएका व्याक्ति उनिहरुको नजरमा पर्दैन्न । गाँउमा एउटा बिजुलिको तार जोड्नु पर्यो या नागरिता बनाउनको लागि एउटा सिफारिस बनाउनु पर्यो, आफन्त कोहि बिरामि पर्यो र हस्पिटल लैजान एम्बुलेन्स चाहियो या कसैको दुर्घटनामा परेर मृत्यु भयो र सरजिमिन गर्नु पर्यो भने पनि नेता नभेटि काम हुदैन तर सहरमा यस्ता काम सिस्टममा हुन्छ सहरमा घरहरु नजिक हुन्छन तर मनहरु टाढा हुन्छन त्यसैले भनिन्छ सहरमा बस्ने मानिस स्वार्थ ले भरिएका हुन्छन उनिहरु मानिस लाइ प्रयोग गर्छन कसैको गुन सझदैन्न तर गाँउका मानिस आत्मिय हुन्छन कसैले एउटा सिफारिस बनाउन लगाएको गुन तिर्न भएपनि उस्लाइ भोट दिने बाचा गर्छन र त्यो पुरा गर्छन आर्को तर्फ समाजमा अलिक बुदिजिबी भनौदाले नाक को कुरा गर्छन, जातियता, कुल, क्षेत्र, सम्प्रदायको कुरा अगाडि सारेर मत माग्छन, जन्मजात नै फलानो पार्टी, फलानो बिचार आदि इत्यादी ।जस्को कारण ग्रामिण क्षेत्रको मतपरिणाम र सहरको मतपरिणाममा ठुलो प्रभाव पर्दछ र अन्य उम्मेरदवार योग्य नै भएपनि चुनाब हार्ने सम्भावना हुन्छ।
सुझाब
प्रिय मित्र त्यसैले तिमिले चाहेको मानिसले जित्न निकाल्न सकेन भन्दैमा तिमि एउटा समग्र क्षेत्र लाइ इङकित गर्दे फेसबुकमा भेडाको उपमा नबाढ। ति भेडा भनेका मानिस तिमी हाम्रै बाआमा, काका काकी, दाजुभाउजु या छर छिमेकि हुन। तिमी सहरमा बसेर लाखौ को मोवाइलमा AC को हावा खादै द्रुत गतिको इन्टरनेटमा पोष्ट र कमेन्ट गर्नुको सट्टा गाँउ फर्क, त्यहाँको समस्या बुझ, त्याहाका मानिसको मानसिकता परिवर्तनको लागी जनचेतना फैलाउ, तिम्ले सक्ने समस्या समाधान गर को सहि र को गलत तर्क राख अनि मात्र समस्याको समाधान हुन्छ । यसरी सामजिक सन्जालमा गालिबेइज्जति र उतेजनाको टिकाटिप्पणी ले स्वयम तिम्रो क्षमता र सभ्यतामा प्रश्न उठछ त्यसैले सभ्य बन्न सिक ।

0 Comments